सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

गण्डकीका ४ मन्त्रीले लिए सपथ, मनाङे आएनन

गण्डकीका ४ मन्त्रीले लिए सपथ, मनाङे आएनन

किरण गुरूङ आर्थिक मामिला तथा योजनामन्त्री, अन्य भए विनाविभागीय मन्त्री


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०७८, बुधबार

पोखरा, ५ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले चारजना मन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्रीका रूपमा किरण गुरूङले सपथ लिएका छन् ।

बाँकी तीनजनालाई विनाविभागीय मन्त्री बनाइएको छ । मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्री बनाएका हुन् ।

मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने सपथमा सहभागी भएनन् । पहिलाको मन्त्रीपरिषदमा उनी युवा तथा खेलकुद मन्त्री थिए । उनी काठमडौं भएकाले सपथमा आउन नसकेको वताएका छन् ।

कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सारेका थिए । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् ।

मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ । उनी अरु दुई मन्त्रालय थपेर १० मन्त्रालय बनाउने सोचमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->