पोखरा, ५ जेठ – गण्डकी प्रदेशको बुधबार विस्तार भएको मन्त्रिमण्डलमा मन्त्रीहरुको नयाँ कार्यविभाजन गरिएको छ ।
किरण गुरुङले अर्थ, भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामशरण बस्नेतले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था र ऊर्जा जलस्रोत तथा खानेपानी कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
त्यस्तै, नरदेवी पुनमगरले शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, विकास लम्सालले पर्यटन, उद्योग, वाणिज्य आपूर्ति, वन वातावण तथा भू संरक्षण मन्त्रालय पाएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा राजीव गुरुङ ‘दीपक मनाङे’ नै दोहोरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नै मातहतमा राखेका छन् ।






