पोखरा, ६ जेठ– गण्डकी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भू–संरक्षण मन्त्री विकास लम्सालले आज पदभार ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित एक समारोहका बीच पदभार गरहरण गर्दै उनले जनताले अनुभूतिगर्ने किसिमको सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता भएको बताए ।
कोरोना महामहारिले विश्व आक्रान्त बनाइरहेको वर्तमान परिवेक्षमा स्वास्थ्य मापदण्ड पालना गर्दै चालू आर्थिक बर्षको कार्यक्रम कार्यान्वयमा उच्च प्रगति हासिल गर्ने तर्पm सरकार कृयाशिल बन्ने उनले बताए ।
आगामी आर्थिक बर्ष २०७८।०७९ को बजेट तर्जुमाको चरणमा रहेको हुँनाले जिल्लाका सन्तुलन , रोजगारी सिर्जना, कोरोनावाट प्रभावितलाई राहत हुने प्राकृतिक प्रकोप न्यूनिकरण र आर्थिक सम्वृद्धिमा योगदान हुने खालका कार्यक्रम समावेश गर्नुपर्नेमा उनले जोड दिए ।
युवा, विपन्न, वेरोजगार, कोरोना प्रभावित एवम् सामाजिक आर्थिक रुपमा पछाडि परेका वर्ग तथा क्षेत्रको उद्यमशिलता विकासका लागि व्यवसायिक, सिपमुलक र रोजगारमूलक तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिंदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिवि निवारणमा टेवा पु¥याइने उनले बताए ।
प्रदेश सरकारले यसअघि राखेका योजना तथा लक्ष्यहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताउँदै मन्त्री लम्सालले त्यसका लागि सवैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए । सरकारले एक वडा एक वनवाटिका र एक स्थानीय तह एक हरित उद्यान कार्यबmम समुदायमा आधिकारी वनको संरक्षण , उत्पादन वृद्धि र संस्थागत सृदृढिकरण जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने मन्त्री लम्सालले स्पष्ट पारे । पदभार ग्रहण समारोहमा मन्त्रालयका सचिव डा. महेश्वर ढकाल, विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरुले मन्त्री लम्साललाई स्वागत गरे ।





