शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पाङवासीले स्वाब दिएको १० दिन बितिसक्दा पनि रिपोर्ट आएन

पाङवासीले स्वाब दिएको १० दिन बितिसक्दा पनि रिपोर्ट आएन


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

पर्वत, ९ जेठ– कुश्मा नगरपालिका–१, पाङवासीले कोरोना संक्रमण भएरनभएको थाहा पाउन स्वाब दिएको १० दिन बितिसकेको छ । तर, अहिलेसम्म परीक्षण नतिजा थाहा पाउन सकेका छैनन्‌ ।
सङ्क्रमणदर बढ्दै गएपछि पाङमा वैशाख ३१ गते स्थानीय ७७ जना नागरिकको स्वाब संकलन गरेर जाँचका लागि पोखरा पठाइएको थियो । तर, अहिलेसम्म पनि रिपोर्ट नआउँदा गाउँमा सङ्क्रमण फैलिएर अवस्था भयावह बन्नसक्ने चिन्ता थपिएको छ ।
गाउँमा सङ्क्रमित फेला परेपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब लिएर परीक्षणका लागि पठाएको हो । तर, उनीहरूमा सङ्क्रमण रहेरनरहेको पुष्टि नहुँदा गाउँको अवस्था जोखिमपूर्ण हुनसक्ने देखिएको वडा सदस्य वीरेन्द्र रिजालले बताए ।
‘स्वाब संकलन गरेर पठाएको १० दिन भयो । पोखराबाट अहिलेसम्म पनि परीक्षणको रिपोर्ट आएको छैन । यो देशको सिस्टम के हो ? यसरी पनि कोरोना नियन्त्रण सम्भव छ ?’ उनले भने, ‘शंका लागेपछि स्वाब दिएकाहरूको नतिजा नआउँदा उनीहरू कति दिन घरमा थुनिएर एक्लै बस्ने ? सबै आ–आफ्ना काममा लागेका छन् । राज्यको यो लाचारीपनका कारण गाउँ नै खतरामा परेको छ ।’
कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले फेसबुकमा स्ट्याटस नै राखेर यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताएका छन् ।
वैशाख ३१ गते लिइएको स्वाब परीक्षणको लागि उही दिन पोखरा पठाइएको र पोखरामा अत्यधिक लोड भएका कारण वैशाख ६ गते परीक्षणका लागि काठमाडौँ पठाइएको जवाफ आएको उनले लेखेका छन्‌ ।
जेठ महिना लागेसँगै हरेक दिन जसो पोखरामा फोन गर्दा ‘आज आउँछ÷भोलि आउँछ’ भन्दै टारिएको र पछि मात्र काठमाडौँ पठाइएको जानकारी दिइएको सापकोटाले जानकारी दिएका छन्‌ ।
​‘पोखराको प्रयोगशालामा उही दिनमा पठाएको स्वाब पोखरामा धेरै लोड भएको कारणले छ गते काठमाडौंको केन्द्रीय प्रयोगशाला पठाएको जानकारी पाइयो । पाँच गतेसम्म हरेक दिन फलो अप गर्दा आज रन हुँदै छ भोलि रिपोर्ट आउँछ भनियो । सात गते केन्द्रीय प्रयोगशालामा फोन गर्दा आठ गते १०/११ बजेसम्म रिपोर्ट आउने भनियो,’ उनले भने, ‘अझसम्म पनि आठ गतेको १०/११ बजेको छैन । यही तरिकाले काम गर्ने हो भने के का लागि स्वाब संकलन गर्ने हो ? सरकारले सबै कुरा छोडिदिए हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->