शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कर्माचार्यको निधन

पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कर्माचार्यको निधन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १३ २०७८, बिहिबार

पोखरा, १३ जेठ– पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ । कोभिड–१९ पुष्टि भएसँगै काठमाडौंमा उपचाररत उनको गएराती निधन भएको संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष संजिवबहादुर कोइरालाले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
स्वर्गीय कर्माचार्य पोउवा संघको मानार्थ सदस्य तथा सल्लाहकारसमेत हुन् । संघले संचालनमा ल्याएको बालश्रम न्यूनिकरण कार्यक्रमको संयोजकको रुपमा उनले बालश्रम न्यूनिकरणको लागि पनि ठूलो योगदान दिएका थिए । पोखराको साँघुको मुख (महेन्द्रपुल) निवासी कर्माचार्य बैंकिङ क्षेत्रसँग पनि सम्बन्धित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->