शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा जेठ २१ सम्म लकडाउन थपियो

पोखरामा जेठ २१ सम्म लकडाउन थपियो

स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा बिहीबारम्म ३ हजार ९५ जना सक्रिय संक्रमित छन ।


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १३ २०७८, बिहिबार
पोखरा, १३ जेठ – कोरोना महामारी नियन्त्रणमा नआएको भन्दै जिल्ला प्रशासन कास्कीले जेठ २१ सम्म लकडाउन लम्ब्याएको छ । अत्यावश्यक काममा प्रयोग हुने सरकारी सवारी साधनबाहेक अन्य सबै कामकाजमा रोक लगाइएको छ । प्रशासनले विवाह ब्रतबन्धमा सवारी साधन आवश्यक परेमा केटा वा केटी पक्षले बढीमा ५ जनासम्ममात्रै चढ्न पाउने आदेश जारी गरेको छ । फलफूल तथा तरकारीको थोक विक्रेताले खुद्रा बिक्रीसमेत रोक लगाएको छ । ‘अत्यावश्यक संघसंस्थाका कर्मचारीहरु बिहान १ देखि १० र बेलुका ५ देखि ५ बजेभित्र परिचय र पोशाकका आधारमा आउजाय गर्न पाइने,’ जारी विज्ञप्तिमा भनिएको छ । बैशाख १५ बाट कास्कीमा निषेधाज्ञा जारी छ । मंगबार बसेको जिल्लास्तरीय कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा उलंघन गरे १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने सूचना जारी गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा बिहीबारम्म ३ हजार ९५ जना सक्रिय संक्रमित छन । अहिलेसम्म २ सय ७४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->