
तनहुँ, १४ बैशाख– तनहुँमा फेरी एक साता निषेधाज्ञा थपिएको छ । शनिबार रातीदेखी जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवधि सकिदैछ । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्बयाउने निर्णय गरेको हो ।
जेठ २२ गतेसम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । थपिएको निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तिय संस्थालाई सेवा प्रवाह गर्न दिईने उनले बताए । ‘बैंकमा सुविधा भएन भनेको भएर अलिकति सहज बनाईदिएका छौँ’, उनले भने । बैंक तथा वित्तिय संस्थाले सिमिति कर्मचारी राखेर कठिनाईमा परेका ग्राहकको समस्या बुझी चेक भुक्तानी, जम्मा र अन्य सेवा दिनका लागी कर्मचारीको फोन नम्बर उपलब्ध गराएर आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको प्रजिअ आयार्चले उल्लेख गरे ।
२२ वैशाखदेखि तनहुँमा निषेधाज्ञा जारी छ । ३१ वैशाखमा समय सकिएपछि पुनः दोस्रो चरणमा १५ जेठसम्म निषेधाज्ञा लम्बाइएको थियो । यो अवधिमा पनि कोरोना संक्रमणको दरमा कुनै कमी नआएकाले निषेधाज्ञा थप गर्नुपरेको प्रजिअ आचार्य बताउँछन् । उनी भन्छन्, ‘संक्रमणदर एकदमै बढेको छ । यसलाई कन्ट्रोल गर्ने निषेधाज्ञाले नै हो ।’ उनले घरबाहिर निर्धक्क हिँडडुल गने बानी अझै नरोकिएको गुनासो गरे । उनले प्रशाासनले रोक्न खोजिरहेको बताए । घरमै बसेर कोरोना नियन्त्रणमा सघाउन जिल्लावासी समक्ष अचार्यको अनुरोध छ ।





