बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मिग फाउन्डेसन नेपालले दियो विपन्नलाई राहत

मिग फाउन्डेसन नेपालले दियो विपन्नलाई राहत


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २० २०७८, बिहिबार

पोखरा, २० जेठ– मिग फाउन्डेसन नेपालले रिसिङ गाउँपालिका विपन्न वर्गलाई मंगलबार राहत बितरण गरेको छ । लकडाउनका समयमा अति प्रभावित ती विपन्न वर्गका घर परिवारलाई दाल, चामल, नुन तेल जस्ता खाधन्न वितरण गरिएको मिग फाउन्डेसन नेपाल रिसिङका संयोजक तिलबहादुर थापाले बताए । विपद्को समयमा रोजीरोटी गुमेका विपन्न परिवारलाई राहत वितरण गरेका हौ,उनले भने,रिसिङका सबै वडाका प्रतिनिधिसंग तथ्याङ संकलन गरी अति विपन्न परिवारलाई मिग फाउन्डेसनले राहत वितरण गरेका हौ ।अहिले सम्म रिसिङ वडा नम्बर८ को पल्ट्याङ, रिसिङ पुरानोथोक, वडा नम्बर ७ को राईथोक, घिरिङथोक, कान्छे, मचदाङ, अर्खलछाप, वडा नम्बरको ५ गवादी, राम्जाकोट गरी ४४ घरपरिवारलाई वितरण गरिसकेको छ । रिसिङ गाउँपालिका सबै वडाका अति विपन्न १ सय ७ घर परिवारलाई वितरण गर्ने योजना रहेको उनले बताए ।खाधन्न सामग्री पाउदा उनीहरूले राहत महसुस गरेका छन ।रिसिङ ८ पल्ट्याङकी कविता विकले राहत सामग्रीले १५ दिन सम्म परिवारले अघाउने गरी खान पाउने बताईन । लकडाउनले भएदेखि ज्याला मजदुरी बन्द छ, उनले भनिन, छरछिमेकीसंग पैचो मागेर श्रीमान र छोरीहरूलाई जेनतेन गरी साँझ बिहान खुवादै आएकी छु।पैचो चामल पनि सकिसकेको थियो। अव कसरी दृष्टिबिहिन श्रीमान र छोरीहरूलाई कसरी खुवाउने भन्ने चिन्ताले निन्द्रा परेको थिएन । धन्न मिग फाउन्डेसनले दालचामल दिएको छ ।१५ दिन सम्म त ढुक्क भए,त्यसपछि के गर्ने हो थाहा छैन, उनले भनिन । राहत स्वरूप खाधन्न पाउदा रिसिङ ५ गवादीका सूर्य पोखरेलका परिवार पनि खुसी छन । देश तथा विदेशबाट नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले मिग फाउन्डेसनको राहत कोषमा पठाएको रकमबाट रिसिङमा राहत बितरण गरिएको हो । उत्त राहत कोषमा संकलन भएको रकमले तनहुँको रिसिङ,गोरखा, म्याग्दी, ,बाँके, प्युठान, कैलाली लगायतका जिल्लामा राहत वितरण गरिसकेको मिग फाउन्डेसन नेपालका प्रवत्ता पदम थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->