बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नासाले गर्यो शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने घोषणा

नासाले गर्यो शुक्र ग्रहमा दुईवटा अन्तरिक्ष मिसन पठाउने घोषणा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७८, बिहिबार
स्रोत : नासा

पोखरा, २० जेठ – सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ ।

पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ । यी दुवै मिसनका लागि ५०/५० करोड डलर बजेट छुट्याइएको नासाले जनाएको छ ।

पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । ‘यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ,’ नेल्सनले भनेका छन् ।

शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस रहेको वैज्ञानिकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->