बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सांसदबाट पदमुक्त भएपछि थापाले भने, ‘पाँचदलीय गठबन्धनको आक्रमण’ भयो

सांसदबाट पदमुक्त भएपछि थापाले भने, ‘पाँचदलीय गठबन्धनको आक्रमण’ भयो


  • ढोरपाटन संबाददाता
  • जेष्ठ २० २०७८, बिहिबार

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाले जनमोर्चाको कारबाहीले आफूलाई खासै फरक नपर्ने बताएका छन् । आफू विपक्षी ‘पाँचदलीय गठबन्धनको आक्रमण’ मा परेको उनले सामाजिक सञ्जाल फेसवुकमार्फत वताएका छन् ।
पदमुक्त भएपछि बिहीबार थापाले ‘इतिहासमा अनौठो मजाक’ भएको बताएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहयोग नगर्दा आफ्नो पद गुमेको उनले उल्लेख गरेका छन् ।
फेसवुकमा उनले लेखेका छन्, ‘कांग्रेसको सरकार नबनाउँदा आफ्नो सांसद खारेज गर्नु इतिहासमा अनौठो मजाक भयो । इतिहासले अवश्य मूल्यांकन गर्नेछ,’ उनले भनेका छन्, ‘बागलुङ-१ ‘ख’ का सम्पूर्ण जनतामा तपाईहरुको अभिमतविपरीत जान सकिनँ, हजुरहरुको अभिमतलाई हार्दिक हार्दिक अभिवादन ।’
जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई आजै पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो । त्यसपछि बसेको प्रदेशसभाको बैठकमा सभामुखले उक्त पत्र पढेर सुनाएसँगै उनी पदमुक्त भएका हुन् ।
थापाको स्टाट्स जस्ताको त्यस्तै :
‘(आहा आहा हामि कम्युनिस्ट )। जिबनमा धेरै हारकाे सामाना गरियाे। पाच दलिय गठबन्धनकाे आक्रमणकाे हारले पनि कुनै तात्किक अन्तर पार्ने छैन। याे हार अलि रमाइलाे प्रकारकाे पनि भयाे। काङ्ग्रेसको सरकार नबनाउदा आफनाे सांसद खारेज गर्नु इतिहासमा अनाैठाे मजाक भयाे। इतिहासले अबस्य मुल्यांकन गर्ने छ । बागलुङ १ ख का सम्पूर्ण जनतामा तपाईंहरुकाे अभिमत बिपरित जान सकिन हजुर हरुकाे अभिमतलाई हार्दिक हार्दिक । अभिबादन।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->