मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रकृती एवं पर्यावरणिय संरक्षणमा जुटौं

प्रकृती एवं पर्यावरणिय संरक्षणमा जुटौं

प्राकृतिक तथा जैविक अनुकुलतामा मात्र मानव अस्तित्व दिर्घकालीन हुन सक्छ ।


  • टीका वहादुर कार्की
  • जेष्ठ २२ २०७८, शनिबार

वातावरण तथा प्रकृतिको महत्व बुझाउदै मानिसमा वातावरण तथा प्रकृति संरक्षणप्रति सचेतना जगाउने उद्देश्यले ‘Ecosystem Restoration’ भन्ने नाराका साथ ५ जुन २०२१ ( जेठ २२ गते) का दिनलाई कोरोना भाईरस प्रकोपका कारण गतबर्षदेखि भर्चुअल रुपमा बिश्व वातावरण दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले स्टकहोम सम्मेलनबाट सन १९७२ मा पहिलो पटक बिश्व बातावरण दिवसको स्थापना गरेपछी जुन ५ का दिन बिश्व वातावरण दिवस मनाईदै आएको पाईन्छ । प्राकृतिक बिपत्ती र परिवर्तनको कुनै ग्यारेन्टि छैन, तथापी हामी मानव लगायत चराचर जगतका सबै प्राणी तथा बनस्पतीको जैविक विविधताको आधार यस अमुल्य सम्पदालाई सम्मान गर्नैपर्छ ।

वातावरणविधका अनुसार कोरोना भाईरसका कारण मानिस घरभित्रै सिमित हुँदा जलवायुको शुध्दता बढ्दै गएतापनि करोडौ संक्रमित र लाखौं मानिसको मृत्यु भैरहँदा ‘आफु बाचौं र अरुलाइ पनि बचाऔं’ अभियान अहिलेको प्रमुख प्राथमिकताको बिषय बनिरहेको छ । यसै क्रममा प्रकृतिमाथि अव्यबस्थित अतिक्रमण हुनुका साथै फोहोर व्यवस्थापन नहुँदा यसबाट प्रदुषण बढ्न गई अन्य सरुवा रोग फैलिन सक्नेतर्फ सर्वसाधारण तथा सरोकारवालाको ध्यान जान आवश्यक छ ।

पृथ्वीको बाह्य भौतिक वातावरण, हावा, पानी, माटो, चट्टान, नदी, जंगल, जनावर, पंक्षी तथा खानीको मिश्रीत अवस्थालाई हामी प्रकृति मान्छौ । यिनै पशुपंक्षी, जनावर तथा वनस्पती लगायत जैबिक संरचनाको जगमा अडिएको मानव करिब १० हजार बर्ष पहिले अन्य जनावर जस्तै अवस्थामा रहेको अनुमान गरिएको र कृषीको आविश्कारसंगै अन्य जैबिक बिबिधता र प्राकृतिक संपदालाई निजी संपत्तीको रुपमा नियन्त्रणमा लिन सफल मात्रै भएन मानव सभ्यताको बिकासका साथै आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक तथा राजनीतिक द्वन्द तिब्र रुपमा बढ्दै जांदा बिनासकारी युध्दका कारण पटक पटक आम बिनास भैरहेको छ ।

भौगोलिक अध्ययन गरी प्राकृतिक प्रकोपबाट हुने क्षती न्यनिकरण मात्र होईन प्राकृतिक संपदाको संरक्षण गर्दै मानबीय आवश्यकताका आधारमा पुर्वाधार निर्माणसंगै कृषी, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक वातावरणलाई प्रबिधिको प्रयोग एवं सुबिधाका दृष्टिले मात्र नभई वातावरणीय संरक्षणका दृष्टिले अनुकुलित गर्दै जानु अबको आवश्यकता हो । प्राकृतिक तथा जैविक अनुकुलतामा मात्र मानव अस्तित्व दिर्घकालीन हुन सक्छ । यसतर्फ सबै सजग र सकृय हुँदै प्रकृती एवं पर्यावरणिय संरक्षणमा जुटौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->