तनहुँ, २३ जेठ– तनहुँको ऋषिङ गाउँपालिका–१ हुप्सेटारमा मोटरसाइलक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छभने एक घाईते भएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–३ देउरालीनगर बस्ने २८ बर्षीय रमेश श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।
गएराती व्यास नगरपालिका–५ पाटनबाट ऋषिङतर्फ जाँदै गरेको ग ११ प ५५०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार श्रेष्ठ घाईते भएका थिए । उनलाई उपचारका लागी दमौली अस्पताल ल्याएपछि त्यहाँका चिकित्सकले मृत घोषणा गरेको डिएसपी युवराज तिमिल्सिनाले बताए ।
मोटरसाईकल चालक देउरालीनगरका २४ वर्षीय सागर थापा घाइते भएका छन् । उनको पोखराको चरक अस्पतालमा उपचार भइरहेको तिमिल्सिनाले जानकारी दिए ।





