पोखरा, २४ जेठ– जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गण्डकी प्रदेशका मुख्यमन्त्रीबाटआफ्ना पार्टीका सभासदहरुलाई मन्त्रीको अफर आएको खुलासा गरेका छन् ।
आज बिहान ट्विट गर्दै उनले सत्ता जोगाउन प्रधानमन्त्री केपी ओलीकै शैलीमा मन्त्रीको लोभ देखाइएको बताएका हुन् । उनले सुनको बाला लिएर लोभी वटुवाको सिकार गर्ने बाघको कथा स्मरण गर्दै लोभमा नफस्न सभासदलाई सचेत पनि गराएका छन् ।जसपाका सभासद केन्द्रले स्वीकृति दिए धरापमा परेको गण्डकी सरकारमा मन्त्री हुन जान तयार भएको र यो अभियानमा पुर्वएमालेबाट जसपा आएका नेताहरु नै लागेको गाइँगुइँ चलिरहँदा भट्टराईको भनाइ सार्वजनिक भएको हो ।





