मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कृष्ण थापाको मुद्दा न्यायाधीश चुडाल र प्रधानको इजलासमा

कृष्ण थापाको मुद्दा न्यायाधीश चुडाल र प्रधानको इजलासमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७८, बिहिबार

पोखरा, २७ जेठ – राष्ट्रिय जनमोर्चाले दर्ता गराएको प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) मुद्धामा न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ । जनमोर्चाले पुनरावलोकन निवेदन वुधवार दर्ता गराएको थियो ।

न्यायाधीश चुडालको एकल इजलासले मंगलबार सांसद थापालाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । पुनरावलोकन निवदेनमा पनि उनी सहित प्रधानको इजलास तोकिएको हो ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार दिउसो विश्वासको मत लिने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->