पोखरा, २८ जेठ – गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा विहिवार पक्राउ परेका गुण्डा नाइके गणेश लामा ३ हजार रुपैयाँ जरिवाना तिरेर शुक्रवार छुटेका छन् । लेकसाइडबाट पक्राउ परेका उनीसहित ३ जनालाई २/२ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।





