मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कमजोर गठबन्धनको मुख्यमन्त्रीमा बलियो दाबेदारी !

कमजोर गठबन्धनको मुख्यमन्त्रीमा बलियो दाबेदारी !

प्रदेश प्रमुख भन्छिन् : संविधानबमोजिम नै हुन्छ, बोलाउँछु ।


  • विकास मगर
  • जेष्ठ २९ २०७८, शनिबार

पोखरा, २९ जेठ– सदनबाट विश्वासको मत नपाएपछि स्वतः पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विकल्पमा विपक्षी गठबन्धनले बहुमत दाबीसहित प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका छन् । उनीहरुले ठीक ३१ बहुमत पु¥यार दाबी पेश गरेका हुन् । यद्यपि प्रदेश प्रमुखले शनिबारमात्रै त्यसको निर्णय लिने बताएकी छन् ।
६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङले बिहीबार सदनमा २७ मतमात्रै पाएका थिए । नेपालको संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा दोहोरिएका मुख्यमन्त्री गुरुङ पदमुक्त भएपछि वैकल्पिक सरकार बनाउन बाटो खुलेको थियो ।
बिहीबारको सदनबाट विश्वासको मत नपाएर मुख्यमन्त्री गुरुङ पदमुक्त भएपनि त्यसको जानकारी शुक्रबारमात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेको थियो । जानकारी आएलगत्तै प्रदेश प्रमुखले २४ घन्टा समय दिएर संविधानको धारा १६८(५) बमोजिम सरकार बनाउन आह्वान गरेकी थिइन् ।
प्रदेश प्रमुखले शनिबार दिउँसो ३ बजेको समय दिएपनि विपक्षी गठबन्धन शुक्रबारै बहुमत दाबीसहित हस्ताक्षर लिएर प्रदेश प्रमुखको पुगेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा गरी विपक्षी ४ दलले गठबन्धन गरेका छन् । गटबन्धनलाई स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले समेत साथ दिँदै बहुमत पु¥याएदिएका हुन् ।
मुख्यमन्त्री गुरुङकै मन्त्रिमण्डलमा सामेल रहेको सांसद मनाङे युवा तथा खेलकुद मन्त्रालय सम्हाल्दै आएका थिए । तर, विश्वासको मत लिने समयमा उनी सम्पर्कविहीन हुँदै गुरुङ सरकारको विरुद्धमा उभिएका थिए । गुरुङ सरकारले प्रदेश सभा विघटनको योजना बनाएकोले विपक्षमा उभिनुपरेको दाबी गरेका थिए ।
गुरुङ सरकारले सदनमा विश्वासको मत गुमाएपछि मन्त्री मनाङेले पदबाट राजीनामा दिँदै विपक्षी गठबन्धनलाई सघाउने घोषणा गरेका थिए । तर, लगत्तै मुख्यमन्त्री गुरुङले उनलाई पदमुक्त गरेको जानकारी दिँदै युवा तथा खेलकुद मन्त्रालय आफैंसँग राखेको पत्र सार्वजनिक भएको थियो ।
अघिल्लो गल्ती नदोहो¥याउने बाटोमा गठबन्धन
ठीक एक महिनाअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीना दिएपछि प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बन्ने अवसर जुरेको थियो । बैशाख २९ गते बहुमत हस्ताक्षर दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।
तर, पत्रमा अधिकांशको हस्ताक्षर नभएको र राष्ट्रिय जनमोर्चा सांसद कृष्ण थापा र खिमविक्रम शाहीले हस्ताक्षर किर्ते भएको पत्र पठाएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा गुरुङलाई नै दोहो¥याएकी थिइन् । ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका गुरुङले एक महिनाभित्र सदनमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम बिहीबार विश्वासको मत मागेका थिए ।
यस पटक भने विपक्षीले ३१ जना सांसदलाई सशरीर उपस्थित गराएर प्रदेश प्रमुखको कार्यालयमा बहुमत दाबी पेश गर्न पुगेका थिए । गेटमा उभिएर सबैको संख्या गन्दै भित्रै पठाउँदै गर्दा दृश्य रोचक बनेको थियो । विपक्षी मोर्चामा स्वतन्त्र सांसद तथा पूर्व युवा तथा खेलकुदमन्त्री दीपक मनाङे पनि सामेल थिए ।
प्रदेश प्रमु्खले वैकल्पिक सरकार आह्वान गरेको ३ घन्टा नहुँदै विपक्षी गठबन्धन बहुमतसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर सांसदको सनाखत गर्नसमेत आग्रह गरेका थिए । ‘आज हामी ४ दलसहित ३१ जना सांसद सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भयौं । उहाँलाई हामीले गएर निवेदन दिएका छौं,’ प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले भने, ‘ अहिलेको समयको चापले गर्दाखेरि चाँडै नै निर्णय होस् भनेर अनुरोध ग¥यौं । उहाँले म हेर्छु भोलिसम्म हेरेर तपाईंहरुलाई बोलाउँछु भन्नु भो ।’
वैकल्पिक सरकार बनाउन चाहिने ३१ मतको हस्ताक्षर दर्ता गरेर पनि विपक्षी गठबन्धनले प्रदेश प्रमुखकै अघि पुनः हस्ताक्षर गरेका थिए । हस्ताक्षर नक्कली हो भनेर फेरि सत्ता पक्षकाले दाबी गरे भने त्यसैको प्रमाणका लागि सनाखत गर्नु परेको उनीहरुको बताएका छन् ।
हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख सीताकुमार पौडेलले शनिबार दिउँसो ३ बजेसम्मको समय भएकाले आफूले काननुबमोजिम अध्ययन गरेरमात्रै निर्णय लिने विपक्षीलाई जवाफ दिएकी थिइन् । उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु । मैले संविधानबमोजिम नै काम गर्ने हो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->