मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कांग्रेस सांसदलले थर्काएपछि इन्सपेक्टरले भने, म श्याम थापा मगर ! (भिडियो सहित)

कांग्रेस सांसदलले थर्काएपछि इन्सपेक्टरले भने, म श्याम थापा मगर ! (भिडियो सहित)


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०७८, सोमबार

पोखरा, ३१ जेठ – कांग्रेस सांसदले प्रहरीलाई थर्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक संजालमा भाइरल छ । भिडिओमा गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्सपेक्टर श्याम थापा मगरवीच भनाभन भएको देखिन्छ ।
भिडिओमा सांसद श्रेष्ठले भनेका छन्, ‘केपी सिस्टम छ, यति तानाशाह छ ।’ यति भनेर श्रेष्ठ प्रहरी इन्सपेक्टरतिर फर्कन्छन्, चोरी औंला देखाउँदै भन्छन्, ‘तपाईको हिसाब किताब हुन्छ के ।’
सांसद श्रेष्ठले हिसाब किताब हुन्छ भनेरपछि इन्स्पेक्टर श्यामले जवाफ दिन्छन्, ‘हुन्छ हुन्छ, श्याम थापामगर है, बैदाममा कार्यरत छु ।’ प्रहरी कार्यालय बैदाममा कार्यरत इन्सपेक्टर श्यामलाई सांसद श्रेष्ठले फेरि भन्छन्, ‘फुर्ती नछाटम् ।’
‘फुर्ती छाटेको हैन सर, तपाईले हिसाबकिताब भन्नुभयो नि,’ छातीमा टाँसिएको नेमप्लेट देखाउँदै इन्स्पेक्टर भन्छन्, ‘श्याम थापा मगर है ।’
प्रस्तुत संवाद भएको भिडिओ शनिबार पोखरास्थित प्रदेश प्रमुखको निवास अगाडी खिचिएको हो । संवादमा सांसद श्रेष्ठले प्रहरी इन्सपेक्टर श्यामलाई थर्काएको देखिन्छ भने इन्स्पेक्टरले प्रतिवाद गरेका छन् ।
सांसद श्रेष्ठ नेपाली कांग्रेस स्याङ्जाबाट समानुपातिकबाट निर्वाचित भएका हुन् । उनी काँग्रेस गण्डकीको संसदीय दलका नेतासमेत हुन् । नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको मन्त्रीपरिषदमा उनलाई पनि मन्त्री बनाउने तयारी कांग्रेसको छ ।

गण्डकी प्रदेश सांसद मेखलाल श्रेष्ठ

यता, इन्स्पेक्टर श्याम भने पोखराको बैदाम चार महिनाअघि मात्रै आएका इन्स्पेक्टर हुन् । पोखराको लेकसाइडस्थित यस कार्यालयलाई पोखराका शहरी क्षेत्रमा शान्ति सुरक्षाको जिम्मेवारी छ । शनिबार प्रदेश प्रमुखको निवासमा सुरक्षामा खटिदा सांसद श्रेष्ठसँग उनको भनाभन भएको हो ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले नया सरकारको दाबी गर्न दिएको समयसीमा शनिबार दिउँसो ३ बजे सकिएको थियो । मुख्यमन्त्रीको दाबी गरेका कांग्रेससहित चार दल र स्वतन्त्र सांसद दीपक मनाङे प्रदेश प्रमुखको निवास अगाडी धर्ना दिन पुगे । सांसद श्रेष्ठ सहित केही कांग्रेस सांसद प्रदेश प्रमुखको निवासमा छिर्न खोजे, तर प्रहरीले दिएन ।
प्रदेश प्रमुखको निवासमा कसैलाई पनि छिन नदिन आदेश भएकाले सांसदलाई पनि छिर्न नदिएको प्रहरी अधिकारीहरुको भनाई छ । कांग्रेस सांसद र प्रहरी अधिकारीवीच केहीबेर भनाभन समेत भएको थियो । कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमाल र प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी चिनिमाया तामाङले सांसदहरुलाई संझाइ बुझाइ गरेका थिए ।
प्रदेश प्रमुखको निवास छिर्न खोजेका सांसदलाई संझाइबुझाइ गर्दै डिएसपी हमालले सांसदहरुलाई आश्वस्त पार्दै भने, ‘हामीलाई आदेश छैन सर, तपाइहरुले बुझिदिनुप¥यो ।’ त्यसपछि मात्रै कांग्रेस गठबन्धनका सांसद गेट अगाडी धर्ना बसेका थिए ।
इन्स्पेक्टर श्यामलाई सांसदले थर्काएको भिडियो भाइरल भएको आफुले पनि देखेको प्रवक्ता हमालले बताए । ‘माननीय ज्युले किन थर्काउनुभयो, थाहा भएन’, उनले भने, ‘माननीय ज्युले हिसाबकिताब हुन्छ भन्नुभयो, इन्स्पेक्टरले जवाफ दिनुभएको हो, सामान्य भनाभन हो ।’
इन्स्पेक्टरलाई थर्काएका सांसद श्रेष्ठले भने आफुसँग बोल्ने तरिका प्रहरी अधिकृतसँग नभएको बताए । ‘मान्यको बोली नराम्रो छ कि, राष्ट्रसेवक कर्मचारीले मान्यसँग बोल्ने शैली नराम्रो छ त्यो हेरिदिनुप¥यो, उनले भने, ‘मेरो भनाई तपाईको मिडियामा छाप्दिनुप¥यो ।’
सांसद श्रेष्ठले नजिकै नातेदारको घरमा गएर पिसाब फेरेर फर्किएदा प्रहरीले आफुलाई धर्नामा जान नदिएको दाबी गरे ।

यहाँ हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->