शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङमा मनसुन: चार महिनामा पर्ने पानीको दुईतिहाइ ५ दिनमै पर्यो

मनाङमा मनसुन: चार महिनामा पर्ने पानीको दुईतिहाइ ५ दिनमै पर्यो


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७८, शुक्रबार

मनाङ, ४ असार – मनाङमा मनसुनको चार महिनामा पर्ने पानीको दुई तिहाइ ५ दिनमै परेको छ । जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै मनाङमा ८२ दशमलव २ मिलिमिटर वर्षा भएको जनाएको छ । यो मनाङमा वर्षाको मापन सुरु गरेपछिको सबैभन्दा बढी वर्षा हो । विभागको मनाङस्थित हुम्दे विमानस्थलको मौसम मापन केन्द्रमा शनिबार शून्य दशमलव ३ मिलिमिटर, आइतबार ११ दशमलव १ मिलिमिटर, सोमबार २७ दशमलव ६, मंगलबार ५४ दशमलव ६ र बुधबार ८२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ । मनाङ कम पानी पर्ने जिल्ला हो । मनसुनको समयमा यहाँ २ सय ४६ मिलिमिटर वर्षा हुने गरेको थियो । जुनदेखि सेप्टेम्बरसम्मको समय मनसुन अवधि हो । सामान्य अवस्थामा जुन महिनामा ४२ मिलिमिटर वर्षा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->