
पोखरा, ४ असार– नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाल नेतृत्वको सरकारले गण्डकीका ९ जिल्लामा सम्भावित् विपद् व्यवस्थापनको लागि ५÷५ लाख रुपैयाँ विनियोजन गरे । मनाङ र मुस्ताङमा बाढीपहिरोले कम क्षति पु¥याउने आँकलनसहित २÷२ लाख रुपैयाँमात्रै छुट्याइयो । तर, बर्खा सुरु भएसँगै सबैभन्दा ठूलो विपद् मनाङमा आइप¥यो ।
करिब १ हजार जनाभन्दा बढी विस्थापित भए । चामे, नासो र ङिस्याङ सबैभन्दा बढी प्रभावित बने । सदरमुकाम चामेका धेरे घरहरु भत्किए । बाढीले चामे नै असुरक्षित बन्न पुग्यो । स्थिति उस्तै छ । बाढीले तहसनहस बनाएको मनाङमा बिहीबार बिहानबाट मात्रै उद्धारको काम सम्भव भयो । मौसम सुधार भएसँगै नेपाली सेनाको हेलिकोप्टरले बाढी र पहिरोमा फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार ग¥यो ।
प्रमुख जिल्ला अधिकारी विष्णुल लामिछानेका अनुसार मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । सिरानतालका नागरिकलाई हेलिकप्टरमार्फत् तालडाँडामा लगेर राखिएको छ भने थोंचे गुम्बाका नागरिकलाई सदरमुकाम चामे लगिएको छ ।
गत सोमबारदेखि परेको अविरल वर्षाले मनाङको चामे, तालगाउँ, धारापानीलगायतका ठाउँमा घरहरु बगाउनुका साथै डुबानमा परेका छन् । चामे र तिमाङका जलविद्युत आयोजना, एउटा बेलिब्रिज, ३ वटा काठे पुललगायतका संरचना बगाएको छ भने ५३ वटा घर क्षतिग्रस्त भएका छन् । बाढीपहिरोका कारण बेसीसहर–चामे सडक पूर्णरुपमा ठप्प छ । बाटोमा गएको पहिरोले एउटा गाउँबाट अर्को गाउँ जान सक्ने अवस्था नभएको स्थानीयले बताएका छन् ।
यार्सा टिप्न हिँडेकाहरु ५ हजार मिटरमा अलपत्र
मनाङको उपल्लो क्षेत्र फुमा यार्सा टिप्न गएका ७५ जना अलपत्र परेका छन् । मौसम खराबीका कारण उनीहरु हिमाली भेगमै अलपत्र परेको जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ विष्णु लामिछानेले जानकारी दिए ।
जिल्लाको ठाउँठाउँमा पहिरो गएका कारण उनीहरु उतै रोकिएका हुन् । सिडिओ लामिछानेले उनीहरु अलपत्र परेको ठाउँ ५ हजार मिटरभन्दा माथिको उचाइमा रहेको जानकारी दिए । उनीहरु त्यहाँ यार्सागुम्बा टिप्न गएका थिए । ‘अस्तिदेखि निरन्तर पानी परिरहेको छ । आज रेस्क्यू गर्ने कुरा थियो । तर, मौसम नै खुलेन,’ सिडिओ लामिछानेले भने, ‘मौसम खुल्यो भने भोलि पहिलो चरणमै उहाँहरुको रेस्क्यू गर्ने योजना छ ।’
सिडिओ लामिछानेले फुजस्तै मनाङका ओडार, ताल्चै गाउँमा पनि उद्धार गर्न बाँकी रहेको जानकारी दिए । ओडारमा अलपत्र परेकाहरु जंगलमा बस्नु भएको छ । उहाँहरुलाई दिउँसो उद्धार गर्ने भनेका पनि थियौं । तर, मौसम खराबीले गएको हेली पनि फर्किनुप¥यो,’ उनले भने ।
मौसममा सुधार आएपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, दीपक मनाङेको नामबाट चिनिने राजीव गुरुङ र सांसद चिन्तबहादुर घलेसहितको टोली बिहीबार दिउसो मनाङ पुग्यो । नेपाली सेनाको हेलिकोप्टरमा ‘राहतको पोको’ बोकेर मनाङ पुगेका मुख्यमन्त्रीले स्थानीय प्रशासनलाई युद्धस्तरमा उद्धारमा लाग्न निर्देशन दिए ।
टोलीले बाढीपहिरोग्रस्त क्षेत्रको अवलोकन पनि ग¥यो । बिहीबार नै पोखरा फर्कने योजनासहित त्यहाँ पुगेको टोली मौसममा सुधार नआएपछि एकाएक रोकिन बाध्य बन्यो । अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर उड्ने अवस्था नरहेपछि शुक्रबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री हड्बडाउन पुगे । संसदमा विश्वासको मत प्रस्ताव मुख्यमन्त्रीले नै पेश गर्नुपर्ने प्रावधानका कारण उनी हड्बडाएका हुन् ।
उद्धारको लागि गएको नेपाली सेनाको हेलिकोप्टरले मुख्यमन्त्रीसहितको टोलीको फिर्ती उडान गरेन । झण्डै चामेमै रोकिने अवस्थामा रहेको मुख्यमन्त्रीसहितको टोली साँझ अबेर मौषम सुधार भएसँगै सेनाको हेलिकोप्टरमार्फत् पोखरा फर्कन खोज्यो । बाढीपहिरो पीडित १२ जनालाई त्यही हेलिकोप्टरमार्फत् पोखरा ल्याउने प्रयासमा मौसम बाधक बन्यो ।
गर्भवती, बालबालिका र दीर्घरोगीहरुसहितको टोली चामेमै मुख्यमन्त्रीसँगै रहेका पत्रकार प्रकाश ढकालले जानकारी दिएका छन् । ‘मौसम सुधार आएपछि पोखरा फर्किन लागेका थियौं,’ उनले भने, ‘तर, मौसममा खराबी आएका कारण फेरि चामेमै फर्कियौं ।’ मौसममा खराबीका कारण उद्धारका लागि गएको हेली पनि काम गर्न नपाएको उनले बताए ।
के हुन्छ विश्वासको मत ?
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शुक्रबार विश्वासको मत लिँदैछन् । जेठ २९ गते संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका नेपालीले सदनबाट विश्वासको मत लिन बुधबार संसद सचिवालयमा जानकारी दिएका थिए । शुक्रबार विश्वासको मत लिनुपर्ने मुख्यमन्त्री मनाङमै रोकिएपछि विश्वासको मत के हुन्छ भन्ने चर्चा चलेको छ ।
विश्वास मतका लागि मुख्यमन्त्री आफैंले प्रस्ताव प्रस्तुत गर्नुपर्ने हुन्छ । प्रदेश सरकारका प्रवक्ता कुमार खड्का भने मुख्यमन्त्री विश्वासको मत लिन जसरी पनि समयमै उपस्थित हुने र आउन नसकेको खण्डमा अर्को दिनका लागि कार्यसूची तयार पारिने बताए ।
‘मौसममा सुधार भएको उहाँहरु शुक्रबार बिहानै आउनुृहुन्छ र संसदको कारवाही अगाडि बढ्छ,’ प्रवक्ता खड्काले भने, ‘आउन नसक्नुभएमा अर्को दिनको कार्यसूचीमा राखिने छ । यसबारे संसद सचिवालयमा कुरा भइसकेको छ ।’
गण्डकी प्रदेश सभा सचिवालय सचिव हरिराज पोखरेलले मुख्यमन्त्री विश्वासको मतका लागि जसरी पनि उपस्थित हुनुपर्ने बताए । उनले मौसम नखुलेका कारण ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि अहिले नै आफूले केही भन्न नसक्ने सुनाए । ‘उहाँ आउनुपर्छ । आउन सक्नु भएन भने अर्को प्रक्रिया होला ! अहिले नै ठ्याक्कै यही भन्न सकिँदैन,’ उनले भने ।





