पोखरा, ४ असार– मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको आयोजनाले दावी गरेको छ । कास्कीको मादी गाउँपालिका १ स्थित मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा असार १ गते आएको बाढीले १४ किलोमिटर ट्रान्समिसन लाइन लगायतका अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादन बन्द भएको छ ।
बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षतिपुगेको सञ्चालक किरण केसीले जानकारी दिए । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रशारणलाइन लगायतमा क्षतिहुँदा ३० करोड बढीको क्षतिभएको उनको दावी छ ।





