बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जुडीफाँट–चित्रेभञ्याङ सडक पहिरोले अबरुद्ध

जुडीफाँट–चित्रेभञ्याङ सडक पहिरोले अबरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार ४ २०७८, शुक्रबार

तनहुँ, ४ असार – मनसुन सक्रिय भएसंगै परेको अविरल बर्षाको कारण पहिरो खस्दा तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–हरिनास गाउँपालिकाको केन्द्र सडकखण्ड अबरुद्ध बनेको छ । मंगलबारदेखी सडक अबरुद्ध भएको हो ।
दर्जनौँ स्थानमा पहिरो खसेर सडक अबरुद्ध भएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताईन् । ‘कतै ग्याबिन झाली सहित बाटो खसेको छ । कही बाटो माथीबाट ठुल–ठुला पहिरो खसेका छन्’, उनले भनिन् । सडक अबरुद्ध हुदाँ अत्यावश्यक काममा दुलेगौँडा पोखरा जानुपर्ने स्थानिय बासिन्दा चिसापानीबाट सालडाँडा राईपुर हुदैँ एक घण्टा फेरो बाटो यात्रा गर्न बाध्य भएको उपाध्यक्ष पराजुलीले जानकारी दिईन् ।
तनहुँ शुक्लागण्डकी नगरपालिका–१० जुडीफाँट देखि हरिनास गाउँपालिकाको केन्द्र चित्रेभञ्याङ जोड्ने सडक कालोपत्रेका लागी स्तरोन्नित गर्ने काम धमाधम भईरहेको थियो । हरिनास गाउँपालिकाको केन्द्रलाई गण्डकी प्रदेशको केन्द्र पोखरासँग कालोपत्रे सडकबाट जोड्ने उदेश्यका साथ प्रदेश सरकारको लगानीमा क्याङदी खोलमा ४० मिटर लामो मोटरेबल पुल र १६ किलोमिटर सडक कालोपत्रेको काम भईरहेको छ । ३२ करोड ६५ लाख ४७ हजार १ सय ४९ रुपैयाँमा पुल र सडकको काम गोल्डेनगुड बानियाँ जेभीले गरिरहेको छ ।
सडकतर्फ फराकिलो पार्ने र ग्याबिन जाली भर्ने काम सकिएको थियो । तर, पहिरो गएसंगै काम रोकिएको छ । धेरै ठाउँमा सडक नै नरहेको ग्याबिन जाली पहिरोले खसेको कारण एक करोडको हाराहारीमा क्षति भएको निर्माण कम्पनीले जनाएको छ ।

पुलमा कुनै क्षति नभएपनि सडकमा भने दर्जनौँ स्थानमा पहिरोले क्षति पु¥याएको छ । अबरुद्ध सडकलाई खुलाउन सुरु गरिएको गोल्डेनगुड बानियाँ जेभीका साइट सुपरभाईजर रामबहादुर गोलेले बताए । ‘पहिरो हटाउन सुरु गरेका छौँ । गाडी चल्न मिल्ने स्थितीमा ल्याउन मात्रै पनि कम्तीमा ३/ ४ दिन लाग्छ’, उनले भनिन् । मनसुनकै सुरुवातमा पहिरो जादा पुगेको क्षतिले सडक निर्माणको काम सक्न निर्धारित समय भन्दा ३ महिना बढी समय लाग्ने गोलेले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->