शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङको हिमाली भेगमा यार्सा टिप्न गएका ५६ जनाको उद्धार

मनाङको हिमाली भेगमा यार्सा टिप्न गएका ५६ जनाको उद्धार

३ जनाको स्वास्थ्यमा समस्या देखिएपछि चामे ल्याइयो


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार
मुस्ताङमा यार्सा टिप्दै स्थानीय ।

पोखरा, ५ असार – मनाङको उच्च हिमाली भेगमा यार्सा टिप्दा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ । नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएकाहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए । उनीहरु ५ हजार मिटरमाथि सम्पर्कविहनी भएका थिए ।
केही अघिबाट निरन्तर वर्षाका भइरहेकाले सम्पर्कविहीन भएको ४ दिनसम्म उद्धार हुन सकेको थिएन । उद्धार गरिएकामध्ये ३ जनाको स्वास्थ्यअवस्थामा खराबी देखिएको जिल्ला प्रशासन कार्यालय मनाङका सिडिओ विष्णु लामिछानेले जानकारी दिए । उच्च लेकबाट उद्धार गरेर उनीहरुलाई फु गाउँमा ल्याइएको छ ।
‘यार्सा टिप्न उहाँहरु उच्च हिमाली भेगमा पुग्नु भएको थियो । बर्षा र बाटोबाटोमा पहिरो गएपछि उहाँहरु उतै रोकिनु परेको थियो,’ सिडिओ लामिछानेले भने, ‘३ जनाको बिरामी भएको देखिएपछि चामे ल्याइएको छ ।’
जिल्ला प्रशासन कार्यालय मनाङ सिडिओ विष्णु लामिछानेले शुक्रबार बिहानैबाट मौसम खुलेकाले उद्धारमा सहज भएको जानकारी दिए । उनले शुक्रबार फुमा भएका ५६ जना, ताल्चे ५५ जना, ओडारमा २८ जनाको उद्धार गरिएको जनाए । ‘ताल गाउँका ३ जना अपांगहरुको पनि उद्धार गर्न सफल भयौं,’ उनले भने ।
मनसुनको सुरुमै आएको बाढी, पहिरोका कारण मनाङमा ठूलो क्षति पुगेको छ । मनाङको चामे, ताल गाउँ मस्र्याङ्दीमा बाढी आएका कारण डुबानमा परेका थिए । बाढीका कारण मनाङमा १ हजार बढी परिवार विस्थापित भएका छन् । बाढीका कारण मनाङ सडक, सञ्चार, खानेपानी, विद्युतविहीन बन्न पुगेको छ ।
लगातार भारी वर्षा भइरहेका कारण उद्धार कार्य सहज पुगेको थिएन । बिहीबार राहत तथा स्थलगत निरीक्षणका लागि प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, विना विभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’, विघटित प्रतिनिधि मनाङ पुगेको थियो । प्रदेश मुख्यमन्त्रीको टोली बिहीबारै फर्किने तालिका भए पनि मौसममा खराबी आएका कारण शुक्रबार बिहानमात्रै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->