पोखरा, ५ असार– अमेरिकाको कार्टर पिलर फाउण्डेशन र एसिष्ट इन्टरनेशलनको सहयोगमा पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान, लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरुमा कोभिड सम्बन्धित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
उनको पहलमा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक थान भेण्टिलेटर, सक्सेन मेशिन, प्यासेण्ट मेसिन सहित झण्डै १५ लाख बराबरको विभिन्न स्वास्थ्य सामग्री सहयोग प्रदान गरियो । त्यस्तै लेखनाथको संक्रामक तथा सरुवा रोग अस्पतालमा १३ लाख बराबरको कोभिड उपकरणहरु प्रदान गरिएको हो ।त्यस्तै, लेखनाथकै रुपा स्वास्थ्य चौकी र पोखरा–३१ स्थित बेगनास स्वास्थ्य चौकीलाई अक्सिजन कन्सटेटर, नेबुलाइजर, मास्क, स्यानिटाइजर, पञ्जा लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको छ । भिजन एण्ड भ्यालुका निर्देशकसमेत रहेका समाजसेवी पदमराज पौडेलको संयोजनमा नेपालका विभिन्न स्वास्थ्यलयहरुका लागि झण्डै ५५ लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएकोमा गराएका छन् ।





