शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङ बाढीपहिरो: दुई कर्मचारी ओडारमा, उद्धारका लागि अपिल

मनाङ बाढीपहिरो: दुई कर्मचारी ओडारमा, उद्धारका लागि अपिल


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७८, शनिबार

पोखरा, ५ असार – अविरल वर्षाका कारण मनाङमा आएको बाढी पहिरोमा परेका दुई कर्मचारी र स्थानीयको अझै उद्धार हुन सकेको छैन् । फिल्डमा गएका जिल्ला बन कार्यालय मनाङका दुई कर्मचारी अझै ओडारमा छन् । शुक्रवार नेपाली सेनाको हेलिकप्टरमार्फत केही कर्मचारी र स्थानीयको उद्धार गरेपनि बाँकी दुई कर्मचारी र स्थानीय सोही ठाउँमा अलपत्र अवस्थामा छन् ।
जिल्ला वन कार्यालयका प्रमुख विष्णु प्रसाद अधिकारी, लेखा अधिकृत गणेश पौडेल, रेञ्जर पूर्णवहादुर राना, बन रक्षक आशिष थापा र उत्तमराज गुरुङ सदुरमुकाम चामेबाट डोनाताल पर्यटन पदमार्गको स्थलगत अनुगमनमा गएका थिए । बन अधिकृत अधिकारी सहित ३ जना कर्मचारी र अन्य स्थानीयलाई सेनाको हेलिकप्टरमार्फत शुक्रवार उद्धार गरिएपनि बन रक्षक थापा र गुरुङ अहिले पनि त्यही अलपत्र छन् । सामान्य विरामी रहेका उनीहरुलाई तत्काल उद्धार गर्न स्थानीयले माग गरेका छन् ।
३० जेठमा कार्यालयबाट गएका उनीहरु अनुगमनपछि फर्कनेक्रममा वाढी र पहिरो आएर बाटो थुनिएपछि ३ असारमा नासो गाउँपालिका–४ ओडारमा वसेका थिए । वाटो हिड्ने करीव डेढ सयभन्दा वढि स्थानीय पनि त्यही थुनिएका थिए । त्यहाँ रहेका मध्ये विरामी परेका केहीलाई शुक्रवार उद्धार गरिएपनि दुई कर्मचारीसहित अन्य स्थानीय अलपत्र छन् ।
आफ्ना दुई कर्मचारी विरामी पनि भएकाले उनीहरुको छिटै उद्धार गर्नुपर्ने बन अधिकृत अधिकारीले वताए । ‘मैले जिल्ला प्रशासन लगायत सरोकारवाला कार्यालय बन निर्देशानलयलाई समेत आग्रह गरेको छु’, अधिकृत अधिकारीले भने, ‘शनिवार उद्धार गर्ने भनिएपनि अझै उद्धार हुन सकेको छैन् ।’ कर्मचारी सहित अन्य स्थानीय पनि विरामी भएकाले तुरुन्त उद्धार गर्नुपर्ने उनको भनाई छ ।
शुक्रवार दुई ट्रीप गरेर हेलिकप्टर मार्फत केही विरामी कर्मचारी र स्थानीयको उद्धार गरिए पनि सवैको उद्धार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय चामेले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामीछानेले सवैको उद्धार गर्ने प्रयाश भएपनि मौसम खरावीका कारण उद्धार गर्न नसकिएको वताए । ‘मौसम खुल्यो भने आइतवारसम्म उद्धार गर्न सकिन्छ कि ?’ प्रजिअ लामीछानेले भने, ‘सवै ठाउँबाट हालसम्म १६९ जनाको उद्धार गरिएको छ । अझै धेरै बाँकी हुनुहुन्छ, उहाँहरुलाई उद्धार गर्न हामी लागिरहेका छौ तर मौसमले साथ दिएको छैन् ।‘

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->