बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रामचन्द्र पौडेलले दिए स्वास्थ्य सामग्री

रामचन्द्र पौडेलले दिए स्वास्थ्य सामग्री


  • ढोरपाटन सम्वाददाता
  • असार ६ २०७८, आइतबार

तनहूँ, ६ असार– असार–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दाताहरुबाट संकलन गरिएको पैसाले गृहजिल्लाका स्थानीय तह र स्वास्थ्य संस्थालाई ३५ लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
शनिबार तनहूँ आएका उनले १० वटै स्थानीय तहलाई १÷१ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा फेस माक्स, पिपीई डिस्पोजल र ह्यान्ड स्यानिटाइजर वितरण गरे । लमजुङको मध्यनेपाल नगरपालिकालाई पनि अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री दिइयो ।
यस्तै, जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेचौतारा, दमौली अस्पताल दमौली, पुरनडिही अस्पताल भानु, बन्दीपुर अस्पताल बन्दीपुर र नेपाल पत्रकार महासंघ तनहुँलाई फेस माक्स, एन ९५ मास्क, ग्लोब्स, पिपीई, स्यानिटाइजरलगायतका सामग्री प्रदान गरियो । अक्सिजन कन्सन्ट्रेटरसहितका विभिन्न स्वास्थ्य सामग्री वितरण गरेका हुन् । युवा केन्द्रीय सदस्य प्रदीप पौडेलले यसअघि तनहूँमा मास्क अभियान र स्वास्थ्य सामग्री वितरण अभियान चलाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->