मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अग्रज पत्रकार बास्तोलाको सम्झना

अग्रज पत्रकार बास्तोलाको सम्झना


  • ढोरपाटन संवाददाता
  • असार ७ २०७८, सोमबार

पोखरा,७ असार– पत्रकारहरुले अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको योजदानलाई सम्झेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले बास्तोलाको १३ औं पुुण्यतिथिमा सोमबार आयोजना गरेको श्रद्धाञ्जली सभामा उनको योगदानको स्मरण गरिएको हो ।

 

७० वर्षीय बास्तोलाको कोभिड संक्रमणको कारण निधन भएको थियो । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सदस्य त्रिभूवन पौडेलले पत्रकार बास्तोलालाई सच्चा राष्ट्रप्रेमी व्यक्तिका रुपमा सम्झिए । महासंघका केन्द्रीय सदस्य सरिता पंगेनी तिम्सिनाले एक असल आध्यात्मिक र सच्चा पत्रकारलाई गुमाउँदा दुःख लागेको बताइन् ।

 

उनले हालसम्म कोरोनाका कारण २० जना पत्रकारको निधन भएको जानकारी गराइन् । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोलाका अनुसार यज्ञप्रसाद पत्रकारिता सधैँ स्वतन्त्र रहनुपर्छ भन्ने मान्यताका व्यक्तित्व भएको बताए । प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराईले पत्रकार बास्तोला पाएको जिम्मेवारी पूरा गर्ने पत्रकारका रुपमा सम्झिए ।

 

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पत्रकार बास्तोलालाई आध्यात्मिक जागरण, बौद्धिक क्षमता भएका व्यत्तित्वका रुपमा परिचित गराए । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले महासंघले एक असल अभिभावक गुमाएको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->