पोखरा, ८ असार– एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोवास गर्दै आएका दृष्टिविहीन एवम् अपागंता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।
बालग्रामका सस्थापक हर्मनमाइनरको जन्मदिन एवं ३५ औं एसओएस दिवसको अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ जना शारिरिक अपाङ्गता भएका परिवारलाई २५ हजार मूल्य बराबरको राहत सामग्री वितरण गर्नुभएको हो ।
एसओएस बालग्राममा कार्यरत २४ जना आमाले सामुहिक रुपमा संकलित रकमबाट चामल, दाल, तेल, नून, च्यूरा, बेसार, माक्सलगायतका सामग्री खरिद गरी अपागंता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी वास्तोलाले जानकारी दिइन् । उनका अनुसार रोजगारी गुमाएर छाक बस्ने अवस्थामा पुगेका
पोखराको बिभिन्न बजारमा अगरवत्ती बिक्री गरेर तथा दोहोरी साँझमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर परिवारको जीविकोपार्जन गर्दै आएका यस्ता परिवार कोरोनाको कारण आयआर्जन गर्ने बाटो बन्द भएपछि यतिखेर रोगभन्दा भोकसँग लड्दै आएका छन् ।





