शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एकै दिन दुई संक्रमित पुरुषको मृत्यु

बागलुङमा एकै दिन दुई संक्रमित पुरुषको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार ८ २०७८, मंगलबार

बागलुङ, ८ असार– बागलुङमा मंगलबार दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नं. २ का ६८ वर्षिय र बागलुङ नगरपालिका वडा नं. ३ का ८२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्युभएको हो ।
दुवै जनाको मंगलबार बिहान धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताए । बडिगाडका ती पुरुष जेठ १९ गते संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा भर्ना भएका थिए । उनमा स्वासप्रस्वासमा समस्यासंग्ै उच्च ज्वरो रोकिएको थिएन् ।
यस्तै, बागलुङ नगरपालिकाका ८२ वर्षिय पुरुष असार ७ गते स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल आएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना परीक्षणका लागि स्वाव निकालेर उपचार भैरहेकै अवस्थामा रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट आएको केही समयमा उनको मृत्यु भएको थियो । बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->