मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा

युवा व्यवसायी पन्त कांग्रेसको उद्योग तथा व्यापार विभागमा


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७८, शनिबार

पोखरा, १२ असार – पोखराका युवा व्यवसायी हरिराज पन्त नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनित भएका छन् । पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गरेका थिए । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझेका हुन् ।
पन्त  पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल वितरक महासंघका महासचिवसमेत हुन् । लायन्स क्लबदेखि अन्य सामाजिक संघ/संस्थामा क्रियाशिल रहेका पन्तले उद्योगी/व्यवसायीहरुको हितमा कार्यरत रहँदाकै बेला प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । ‘निजी क्षेत्र मैत्री वातावरण निर्माणमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुन्छ’,उनले भने,‘खुल्ला अर्थतन्त्रको पक्षमा रहेको कांग्रेसको भूमिका अझ व्यवसाय मैत्री बनाउनको लागि म नीतिगत रुपमा नै लबिङमा लाग्नेछु ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->