आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाङ्गेचौर आधुनिक खेलमैदानमा स्तरोन्नती हुँदै

बाङ्गेचौर आधुनिक खेलमैदानमा स्तरोन्नती हुँदै

जिल्लाभर राष्ट्रिय मापदण्ड पुग्ने खालको सुविधा सम्पन्न खेलमैदान नभएका कारण खेलकुदका गतिविधि प्रभावित हुँदै आएका थिए ।


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७८, आइतबार
डिपिआर बनाएर रंगाशाला बनाउन लागिएको बागलुङको बाङगेचउर खेल मैदान ।

बागलुङ, १३ असार– सदरमुकाम बागलुङ बजार नजिकै रहेको बाङ्गेचौर खेल मैदानको स्तरोन्नती हुने भएको छ । आधुनिक खेलमैदान निर्माणका लागि नेपाल सरकार, प्रदेश सरकार र बागलुङ नगरपालिकाले साझेदारीमा लगानी गर्न थालेका हुन् ।
आगामी आर्थिक बर्षमा स्तरोन्नती गर्नेगरी संघीय सरकारले १ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरेको छ । सह लगानीका लागि संघीय सरकारले बजेट उपलव्ध गराएपछि बागलुङ नगरपालिकाले समपुरक कोषबाट थप १ हरो ७१ लाख रुपैयाँ लगानी गर्ने भएको हो । ‘तीन बर्ष पहिलेदेखि बिस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) तयार भएको थियो, सोही अनुसारको काम गर्न बजेटको व्यवस्था भएको छ’ नगरप्रमुख जनकराज पौडेलले भने ‘अहिले डिपिआर अनुसारको सबै काम सक्न ११ करोड रुपैयाँ खर्च हुन्छ तर हामि प्रारम्भीक काम गर्दै छौं ।’
दश करोड रुपैयाँमा खेलमैदान स्तरोन्नती गर्ने प्रस्ताव योजना आयोगमा पुगेको भएपनि तत्कालका लागि संघीय सरकारले एक करोड ७१ लाख रुपैयाँ मात्रै स्वीकृत गरेको पौडेलले बताए । वाङ्गेचौर खेलमैदान निर्माणका लागि ३ करोड ४२ लाख रुपैयाँ आगामि आर्थिक बर्षमा खर्च हुने छ । स्टेडियम, नाली, मैदानमा दुवो लगाउने लगायतका काम हुने नगरपालिकाले जनाएको छ । ‘यस पटक सडकको मापदण्ड छोडेर मैदान स्तरोन्नती हुन्छ’ पौडेल भन्छन् ‘मैदानको पूर्वि भूभागमा स्टेडियम बनाउने तयारी छ ।’
जिल्लाभर राष्ट्रिय मापदण्ड पुग्ने खालको सुविधा सम्पन्न खेलमैदान नभएका कारण खेलकुदका गतिविधि प्रभावित हुँदै आएका थिए । बाङ्गेचौर खेलमैदान तयार भएपछि खेलकुदका गतिबिधि बढ्ने पौडेलको विश्वास छ । नगरपालिकाले आगामि आर्थिक बर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा मात्रै ४ करोड ३६ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
युवा तथा खेलकुद विकासका मेयर कप फुटवल, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र अन्य खेलकुदका गतिबिधिका लागि ९३ लाख ५० हजार रुपैयाँ बिनियोजन भएको छ । खेल क्षेत्रलाई समेत बिकासको आधार मानेर यस बर्षको बजेटमा खेलकुद क्षेत्रका लागि बजेट बिनियोजन भएको उपप्रमुख सुरेन्द्र खड्काले बताए ।
नगरभित्रका अन्य खेलमैदानको समेत स्तरोन्नती गर्ने कार्यक्रम नगरले बनाएको छ । खेलका गतिबिधि सञ्चालनमा सहयोग, खेलाडिलाई सम्मान तथा पुरस्कारका कार्यक्रम र खेल प्रशिक्षणका लागि समते नगरले नीति बनाएर काम गर्ने नगरप्रमुख पौडेलले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->