मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

कास्कीमा बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने

कास्कीमा बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने


  • ढोरपाटन संवाददाता
  • असार १४ २०७८, सोमबार

पोखरा, १४ असार– कास्की जिल्लाभर बुधबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात खुल्ने भएको छ । असार २५ गतेसम्म निषेधाज्ञा लम्ब्याउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थानेश्वर गौतमले जानकारी दिए ।
स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्ने र दैनिक रुपमा सवारीसाधनलाई निसंक्रमित गरी व्यावसायीले सार्वजनिक यातायात सुचारु गर्न पाउनेछन् । लामो दूरीका यातायातलाई भने तत्काल खुला नगरिएको सिडिओ गौतमले जानकारी दिए ।
यसअघि दिउँसो १२ बजेसम्ममात्रै खुला भएका दैनिक उपभोग्य तथा तरकारी पसलहरु साँझ ६ बजेसम्म खुल्न पाउने भएका छन् । त्यस्तै, भाँडा, कपडा, सुनचाँदी लगायतका व्यवसाय बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला हुनेछन् ।
बैशाख १५ देखि कास्कीमा निषेधाज्ञा जारी छ । कास्कीमा सोमबारसम्म ५३२ कोरोनाका सक्रिय संक्रमित छन् भने ४ सय ३ जनाको मृत्यु भइसकेको छ । कास्कीमा २२ हजार ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->