पोखरा, १४ असार– गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उनलाई नियुक्त गरेकी हुन् ।
पोखरा ११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानुन व्यवसाय क्षेत्रमा क्रियाशील छन् । उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष उनी डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्व अध्यक्ष हुन् ।
यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्तामा राजेन्द्र घिमिरे थिए । गुरुङ पदमुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गरेको यो दोस्रो राजनीतिक नियुक्ति हो । यसअघि उनले प्रदेश सरकारको नीति तथा योजना आयोग उपाध्यक्षमा तनहुँका डा रघुराज काफ्लेलाई नियुक्त गरेका थिए ।





