बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बाढीले छाब्दी खोलाको पुल बगायो, पृथ्वीराजमार्ग अवरुद्ध

बाढीले छाब्दी खोलाको पुल बगायो, पृथ्वीराजमार्ग अवरुद्ध


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७८, बिहिबार

तनहुँ, १७ असार – बुधवाररातीदेखि परेको बर्षाका कारण पहिरो गएर पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको दमौली–डुम्रे सडक खण्ड अवरुद्ध भएको छ ।
व्यास नगरपालिका-१२ स्थित छिर्कनेमा पहिरो खस्दा बिहान साढे ३ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार ४ ठाउँमा खसेको पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको छ ।
त्यस्तै, पृथ्वीराजमार्गअन्तर्गत नै बन्दीपुरस्थित डुम्रेको चिसापानी, नयाँ पुलमा पनि पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।
त्यस्तै, बाढीले छाब्दी खोलाको पुल बगाएको पछि व्यास १ र १३ को सम्पर्क टुटेको छ । छाब्दी खोलामा ठूलो बाढी आएपछि पुल भत्किएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->