पोखरा, १७ असार– कारोना महामारी र विपत्बाट प्रभावित भएका ३ सय ८ विपन्न परिवारका लागि यहाँको एक सामाजिक संस्थाले राहत उपव्ध गराएको छ । बाल हितकारी परियोजना नेपाल किडाशाले पोखरा महानगरपालिका–१० का विपन्न परिवारका लागि राहत उपलव्ध गराएको हो ।
बन्दाबन्दीका कारण अति प्रभावित बालबालिका तथा तिनका परिवारलाई स्थानीय बाल क्लबको माग तथा सिफारिसका आधारमा राहत वितरण गरिएको हो । संस्थाले ७ हजार ७ सय किलोग्राम चामल, ९ सय २४ किलो ग्राम रातो दाल, ३ सय ८ किलोग्रामका दरले चना, ठुलो भट्टमास, सेतो केराउ, मैदा, चिउरा, सोयाबिन, खानेतेल, आयोडिन नुन, खुर्सानी मसला लगायतका खाद्य सामग्री सहयोग गरेको हो ।
मास्क सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री समेत सहयोग गरिएको बालहितकारी परियोजना नेपालका फिल्ड संयोजक केशब पौडेलले बताए । बालहितकारी परियोजना नेपालले पोखरा महानगरपालिकाका वडा विभिन्न वडामा दुई वर्षदेखि किशोरकिशोरी स्वास्थ्य तथा समृद्धि कार्यक्रम संचालन गरिरहेको छ ।





