पोखरा, २४ असार– लायन्स क्लब अफ पोखरा लालिगुराँसले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषको राशी १ लाख २५ हजार १२५ रुपैयाँ रहेको छ ।
अक्षयकोषको व्याजबाट जनप्रिय माविमा अध्यक्ष गर्ने गरिब तथा जेहेन्दार ४ जना छात्र छात्रालाई छात्रावृत्ति वितरण गरिने छ । अध्यक्ष कपिलदेव शर्मासहितलायन्स क्लब डिष्ट्रिक ३२५ वि १ का एलसिआइएफ डिस्ट्रिक कोर्डिनेटर मोतिराज तिमिल्सिनाले जनप्रिय माविका प्रध्यानाध्यापक देवीप्रसाद वस्ताकोटीलाई मंगलबार चेक हस्तान्तरण गरेका हुन् ।





