मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरा–३२ को बस्ती डुवानमा

पोखरा–३२ को बस्ती डुवानमा


  • ढोरपाटन संवाददाता
  • असार २५ २०७८, शुक्रबार

पोखरा, २५ असार– लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका ३२, गगनगौडा र आसपासका बस्ती डुवानमा परेका छन् ।
लगातारको बाढीसँगै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आएको पानीका कारण यस क्षेत्रका कालिका नगर, छुची, लामेआहाल, राधाकृष्ण टोल, बाह््रसय चौतारा, एकानब्बेको बान्नो लगायतका स्थानमा प्रत्यक्ष प्रभाव पारेको नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाका सभापति किसन परियारले जानकारी दिए ।
पानीका कारण बाह्रसय चौतारा एवम् नविन टोल माथि साविक एकानब्बेको बान्नो भन्ने स्थान नजिकै पिच बाटो कटान गरेकाले थप समस्या पर्ने उनको भनाइ छ । सहरी स्वास्थ्य केन्द्र भन्दा तल रहेको खुदी खोला १ नं का वस्ती पनि जोखिममा रहेका कारण सजग रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->