पोखरा, २८ असार– लायन्स क्लब अफ हेमजाले विष्णु पादुका मावि हेमजा प्रांगणमा वृक्षारोपण गरेको छ । लियो क्लब अफ हेमजाको व्यवस्थापनामा धुपी, हर्रो, वर्रो, तेजपत्ता, कपुर, गोलमोहर, चौटाजार लगायतका जडिवुटीका बिरुवा रोपिएको हो ।
कार्यक्रममा बोल्दै रिजन चेयर पर्सन जिवन गोर्खालीले रोपेका विरुवाको संरक्षणको खाँचो रहेको बताए ।
लायन्स क्लब हेमजाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तीर्थबहादुर थापा, पूर्वअध्यक्ष राजेन्द्रबहादुर सापकोटा, पूर्वअध्यक्ष मोतिराज तिमिल्सिना, पूर्वअध्यक्ष हरिश्चन्द्र पौडेल, लियोका जोन निर्देशक विष्णुप्रसाद दाहाल विद्यालयका शिक्षक मिनबहादुर थापा पराजुली, जोन १७ का मिडिआ कोअर्डिनेटर प्रकाशचन्द्र सापकोटा, प्रथम उपाध्यक्ष डोलराज श्रेष्ठ, सचिव सन्तमान श्रेष्ठले बोलेका थिए ।





