मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

फेवा ड्याम प्रकरण : झारा टार्ने प्रपञ्चमा महानगर

फेवा ड्याम प्रकरण : झारा टार्ने प्रपञ्चमा महानगर


  • ढोरपाटन संवाददाता
  • असार २८ २०७८, सोमबार

पोखरा, २८ असार– पोखरा महानगरपालिकाले फेवाताल सिरानमा ड्यामको डिजाइन नै गलत भएको निष्कर्षमा पुगेको छ । अघिल्लो वर्ष अँधेरी र यो वर्ष हर्पन खोलाको ड्याम भत्केसँगै महानगरले डिजाइन गर्ने प्राविधिकहरुसँग स्पष्टिकरण पनि सोधेको हो ।
ड्यामको गुणस्तरलाई लिएर जनस्तरमा व्यापक आलोचना खेपेको महानगरको तर्फबाट आइतबार प्रवक्ता धनबहादुर नेपालीबाट जारी विज्ञप्तिमा ड्यामको डिजाइन के, कुन आधारमा गरिएको हो ? र डिजाइनमा भएको त्रुटीको कारणले यस्तो घटना भएको हो वा होइन भनी सो ड्यामको डिजाइन तयार गर्ने परामर्शदातालाई स्पष्टीकरण सोधिएको जनाइएको छ ।
‘क्षतिग्रस्त उक्त सिल्टेसन ड्यामको गुणस्तर तथा निर्माणको क्रममा तयार गरिएको डिजाइनको विषयमा केन्द्रित भई प्रतिक्रिया आएको पाइएको छ,’ नेपालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । महानगरले यसअघि ती सिल्टे«सन ड्यामबाट समयमै गिट्टी–बालुवा निकाल्नुपर्ने सुझावप्रति भने मौनता साँधेको छ ।
महानगरले स्पष्टिकरण मागे पनि त्यसको जवाफ नआएको स्वीकार्दै विज्ञप्तिमा कानूनी दायित्वबाट सम्बन्धित पक्षले उन्मुक्ति नपाउने जिकिर गरिएको छ । महानगरले ती ड्यामहरुको संरक्षणको जिम्मा फेवा सिल्टेसन प्रालिलाई दिइएको जानकारी दिँदै सार्वजनिक निजी साझेदारी अनुरुप संरक्षणको कार्य सोही कम्पनीमार्फत सुरु भएको पनि जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->