मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जोखिममा झोलुङ्गे पुल

जोखिममा झोलुङ्गे पुल


  • ढोरपाटन सम्वाददाता
  • असार ३१ २०७८, बिहिबार

पोखरा, ३१ असार– लगातारको वर्षाका कारण फुस्रेखोलम नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि पोखरा महानगरपालिका ंं ३२ को मालेपाटन र शुक्लागण्डकी नगरपालिका थप्रेक शेराबेसी जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलको छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।
जोखिममा रहेको पुललाई व्यवस्थापन तथा मर्मत नगर्दा वर्षा सुरु भएयता बाढी र पहिरोको उच्च जोखिममा रहेको स्थानीयवासी रुद्रवहादुर केसी वताउछन् ।पुललाई एकतर्फी रुपमा फुस्रे खोलाले कटान गरेपछि शुक्लागण्डकी नगरपालिका १ थप्रेक र सेरावेसी क्षेत्रमा आवागमन प्रभावित भएको हो । अन्य विकल्प नभएपछि ज्यानै बाजी राखेर पुलमार्फत् आवतजावत गर्नुपरेको स्थानीय बाबुराम ढकालको भनाइ रहेको छ ।पुल विगत वर्षौँदेखि जोखिममा भए पनि कसैले वास्ता गरेका छैन । केही झोलुङ्गे पुलको दुबैतिर बगाएर पुलनै बगाउने सम्भावना रहेको छ । सरकारले जोखिममा रहेका पुलमा आवतजावत समेत बन्द नगर्दा झन् जोखिम बढेको छ । नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा . २०७४ सालमा निर्माण भएको सो पुलको लम्वाई ११९ मिटर रहेको कूल लागत ४१ लाख २५ हजार ५२८ रुपैयाको निर्मित सो पुल वर्षेनी फुस्रो खोलामा आएको वढी सँगै अविरल वर्षाका कारण पहिरो जादा उच्च जोखिममा रहेको भए पनि दैनिक ३०० जना भन्दा वढी कृषि पेशामा संलग्न स्थानीयवासी र दैनिक ५० भन्दा वढी मोटरसाइकल सवार चढी वारपार गर्ने पुल जोखिममा अवस्थामा रहेको पत्रकार कविराज खनालले जनाएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->