बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

व्यासका स्वास्थ्य स्वयंसेविका सम्मानित

व्यासका स्वास्थ्य स्वयंसेविका सम्मानित


  • ढोरपाटन सम्वाददाता
  • साउन १ २०७८, शुक्रबार

तनहुँ, १ साउन– व्यास नगरपालिकाले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाकालाई बिदाई गरेको छ । उमेर हदबन्दीका कारण व्यासका १४ जना स्वयंसेविकाका बुधबार बिदा भए । बिदा हुनेहरु २०४५ सालदेखि सेवारत थिए ।
गाउँघरमा डाक्टरकै परिचय बनाएका स्वयंसेविकाकालाई बिदाई गर्दा व्यासले खुशी पनि बनायो । विना तलब सर्वसाधारणको स्वास्थ्य सेवामा निरन्तर खटिएका स्वयंसेविकाकालाई रिटायर्ड हुने बेलामा व्यासले सम्मानसहित हातमा नगद थमाइदियो ।
स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीका अनुसार जनही ३५ हजार रुपैयाँ दिएर स्वास्थ्य स्वयंसेविकाकाको बिदाई गरिएको हो । ‘उहाँहरुले दिएको योगदानको कदर गर्दै नगद ३५ हजार रुपैयाँ थमाएर विदा गरेका छौँ’, उनले भने ।
स्वंयसेविकाको बिदाईका लागि स्वास्थ्य कार्यालयले १ लाख रुपैयाँ र व्यासले ३ लाख ९० हजार रुपैयाँ विनियोजन गरेका थिए ।
बिदाई भएका स्वयंसेविकाले अझै पनि सेवा गर्ने चाहना भएको बताएका थिए । अझै सेवा गर्ने चाहना थियो । उमेरका कारण सेवाबाट अनिवार्य अवकाश लिनुप¥यो’, माया गुरुङले भनिन् । सामाजिक क्षेत्रमा क्रियाशिल हुने उनको भनाई छ ।
व्यासमा १ सय ५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । बिदा भएका १४ जनाको सट्टामा नयाँ स्वास्थ्य स्वयंसेविका छनोट गरिनेछ । मातृशिशु मृत्युदर घटाउन, व्यक्तिगत सरसफाई, स्वास्थ्य सचेतना, प्राथमिक उपचार र कोरोना महामारीको बेला जनचेतना फैलाउन स्वास्थ्य स्वयंसेविको विशेष भूमिका रहेको छ । विना तलब भत्ताको भरमा काम गर्नुुपर्ने उनीहरुको बाध्यता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->