पोखरा, १ साउन– पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि अहिले पोखराकै मणिपाल अस्पतालमा उपचार भइरहेको मेयर जिसीका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
‘दाहिने नशामा ब्लग भएकाले शरीरको दायाँ भागमा केही समस्या देखिएको छ’ उनले भने, ‘थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ ।
मेयर जिसीलाई बिहान करिब ४ बजेको समयमा मस्तिष्कघात भएको थियो ।
मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।





