बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घिरिङ पूर्ण खोप सुनिश्चित

घिरिङ पूर्ण खोप सुनिश्चित


  • ढोरपाटन सम्वाददाता
  • साउन २ २०७८, शनिबार

तनहुँ, २ साउन– जिल्लाको घिरिङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि २३ महिनाका सबै बालबालिकालाई दिनुपर्ने खोपको सबै मात्रा दिएपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य शाखा प्रमखु कृष्णप्रसाद रिमालले बताए ।
‘स्वास्थ्यकर्मीको टोली घर–घरै पुगेर सर्वेक्षण गरेको थियो । खोप लगाउन छुटेको ७ जना बालबालिका रहेछन् । उनीहरुलाई छुटेका खोप लगाइदियौँ । त्यसपछि बल्ल पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो’, रिमालले भने । ५ वटा वडा रहेको घिरिङमा १ सय ४० बालबालिकाले खोप लगाएको उनले जानकारी दिए ।
बिहीबार गाउँपालिकामा एक कार्यक्रमको आयोजन गर्दैै गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले पालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरे । उनका अनुसार शुक्रबारबाट सुरु आर्थिक वर्षमा पनि खोपको कार्यक्रमलाई प्राथकिमता दिइएको छ ।
बालबालिकाले खोप पाउने अधिकार सुनिश्चित गर्न स्वास्थ्य संस्थाबाट प्रवाह गरिने नियमित खोप सबैको पहुँचमा पु¥याउने निती लिएको उनले बताए । ‘पुर्ण खोप दिगोपना कार्यक्रमलाई निरन्तरता दिइनेछ । यसका लागि बजेट विनियोजन भएको छ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->