तनहुँ, २ साउन– तनहुँ प्रहरीले चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागुऔषध मुद्धामा फरार रहेका बन्दीपुर–४ सानोडुम्रे बस्दै आएका २३ बर्षीय अनिश थापा प्रकाउ परेका छन् । उनी गत फागनुदेखी फरार रहेको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार सार्वजनिक अपराध मुद्धामा ५ बर्षदेखी फरार २ जना र ३ बर्षदेखी फरार वैदेशिक रोजगार मुद्धाका १ जना पनि पक्राउ परेका छन् । पक्राउ परेका ४ जनाबाट ९ हजार २ सय १५ रुपैयाँ जरिवाना भुक्तान गरिएको छ । तनहुँ प्रहरीले गत बर्षदेखी फरार प्रतिवादी धमाधम पक्राउ गरीरहेको छ ।





