पोखरा, ३ साउन– पोखराका मेयर मानबहादुर जिसीको मस्तिष्कको शल्यक्रिया सफल भएको छ । शनिबार बिहान काठमाडौंको न्यूरो अस्पतालमा गरिएको शल्यक्रिया सफल भएको उनका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । शल्यक्रिया गर्न करिब २ घण्टा लागेको थियो । अहिले मेयर जिसीको अवस्था सुधारोन्मुख रहेको छ । शुक्रबार मतिष्कमा समस्या देखिएपछि उनलाई पोखराबाट काठमाडौं लगिएको थियो ।





