बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘सुरक्षाको प्रत्याभूति नभएसम्म खोप सेवा दिन सक्दैनौं’

‘सुरक्षाको प्रत्याभूति नभएसम्म खोप सेवा दिन सक्दैनौं’


  • ढोरपाटन सम्वाददाता
  • साउन ५ २०७८, मंगलबार

तनहुँ, ५ साउन– शुक्लागण्डकी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति नभएसम्म कोरोनाविरुद्धको खोप सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । सोमबार नगर प्रमुख किसान गुरुङलाई ध्यान आर्कषण पत्र बुझाउदै स्वास्थ्यकर्मीले सुरक्षाको माग राखेका हुन् ।
साउन १ गते स्वास्थ्य शाखामा खोप नपाएको झोंकमा निजी विद्यालयका शिक्षकले स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवमाथि हातपातको प्रयास गरेको ध्यानार्कषण पत्रमा जनाइएको छ । यस्तै, आधारभुत स्वास्थ्य केन्द्र फिर्दीमा कार्यरत अनमी रुवि थापा र दुलेगौंडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि स्थानीयले दुव्र्यवहार गरेको उल्लेख छ । दोषी पर कारवाहीको माग उनीहरुले गरेका छन् ।
मागवमोजिम खोप प्राप्त नभएपछि निजी विद्यालयका शिक्षकले खोप लगाउन नपाएको भन्दै दुव्र्यवहारसँगै सरुवा गर्दिनेसम्मको धम्की दिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । उनले भने, ‘यस्ता दुव्र्यवहारले कर्मचारी सुरक्षित महसुस गर्दैनन् । शिक्षकजस्तो बौद्धिक सर्कलले दुव्र्यवहार गर्नु राम्रो होइन ।’ उनले आफूहरु जनताको सेवक भएको तर काम गर्दा सुरक्षित हुनुपर्ने बताए ।
नगर प्रमुख गुरुङले संयम् र धैर्य भएर काम गर्न स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् । ‘पब्लिक आवेशमा आउँदा यस्तो दुव्र्यवहार हुन्छ । तर, हामी धैर्य र संयम् भएर समस्याको समाधानमा लाग्नुपर्छ’, उनले भने । माग अनुसार खोप नआएकाले समस्या भएको उनको भनाइ छ । सबैले सभ्य व्यवहार प्रस्तुत गर्नुपर्ने उनको तर्क थियो ।
‘हामीलाई नागरिकको पीर नभएको हैन । चिन्ता छ । खोप किन्न बजेट विनियोजन गरेका छौं,’ उनले भने, ‘१ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । प्रदेश सरकारले प्रतिबद्धता जनाए अनुसार खोप नपठाए हामी आफैं किन्छौं ।’
५५ वर्ष उमेर समूहमाथिका ज्येष्ठ नागरिक, शिक्षक, सार्वजनिक यातायातका सवारी चालक लगायतका लक्षित वर्गका लागि आएको खोप लगाउने बेला स्वास्थ्यकर्मी दुव्र्यवहारमा परेका हुन् । निजी विद्यालयमा कार्यरत शिक्षकले आफुहरु माथी खोपमा विभेद भएको भन्दै आक्रोशित भएका छन् । सामुदायिक विद्यायका शिक्षकलाई भने खोप दिइएको थियो । ५५ वर्षमाथि उमेरका ज्येष्ठ नागरिकले पनि घण्टौं लाइनमा बसेर खोप लगाउन नपाएपछि विरोध जनाएका छन् । जनस्तरबाट खोपको दुरुपयोग भएको भन्दै आलोचना समेत हुन थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->