शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मस्र्याङ्दीको बाढीले झोलुङ्गे पुल बगायो, उपल्लो मनाङसँग सम्पर्क टुट्यो (भिडियोसहित)

मस्र्याङ्दीको बाढीले झोलुङ्गे पुल बगायो, उपल्लो मनाङसँग सम्पर्क टुट्यो (भिडियोसहित)


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०७८, बुधबार
तस्विर/भिडियोः नरबहादुर चन्द, प्रमुख प्रशासकीय अधिकृत चामे गाउँपालिका ।

बागलुङ, ६ साउन– मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाने गरी मस्र्याङ्दी नदीमा निर्माण भएको झोलुंगे पुल बाढीले बगाएको छ । मंगलबार राती उपल्लो मनाङमा भएको भारी वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले पुल बगाएको हो ।
चामे गाउँपालिका–४ र ५ जोड्नेगरी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । बाढीले पुलको पूर्वपश्चिम दुवैतर्फ कटान गरेपछि पुल बाढीमा मिसिएको हो । असार १ गते आएको बाढीले नजिकै रहेको पक्की पुल समेत बगाएको थियो ।
झोलुंगे पुल समेत बाढीले बगाएपछि उपल्लो मनाङमा पूर्ण रुपमा सडक र पैदल यात्रा समेत बन्द भएको छ । पक्की पुल मर्मतका लागि खोला किनारमा राखिएको स्काभेटर समेत बाढीले पुरेको लामिछानेले बताए । ‘खोलाको किनारै किनार तीन किलोमिटर माथी तलेखुमा अर्को पुल छ’ लामिछानेले भने ‘जोखिम पूर्ण किनारको यात्रा नगर्ने हो भने उपल्लो मनाङ जाने अब बिकल्प छैन् ।’ मस्र्याङ्दी नदीको सतह अहिलेसम्मकै उच्च रहेको लामिछानेले बताए ।
बाढीपहिरा प्रभावितलाई खाद्यान्नलगायत अत्यावश्यक वस्तु पुर्‍याउन सहज भएको स्थानमा पनि समस्या थपिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।
चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्दले प्राकृतिक विपत्तिले मनाङलाई धेरै कष्ट दिएको बताए । उनले सडक सञ्जाल सहज नहुँदा खाद्यान्न अभाव हुने अवस्था सिर्जना भएको वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->