बागलुङ, ७ साउन– जिल्ला ट्राफिक प्रहरी कर्यालय बागलुङले बागलुङ बजारमा मुख्य चोकहरुमा नमुना ‘डमी’ प्रहरी स्थापना गरेको छ । ट्राफिक सचेतनाका लागि ‘डमी’ राखिएको हो । बिहिबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले ‘डमी’ प्रहरी स्थापनाको उद्घाटन गरे ।‘डमी’ प्रहरीले सचेता बृद्धिमा सहयोग गर्ने र सडक दुर्घटना कमी ल्याउने उनले बताए । लोकतान्त्रीक चोक, गोल्डेनगेट चोक र ट्राफिक चोकमा ‘डमी’ राखिएको ट्राफिक प्रहरी प्रमुख बद्रि प्रसाद शर्मा तिमिल्सिनाले बताए । गण्डकी प्रदेशमा ‘डमी’ राख्नेकाम बागलुङमा पहिलो भएको उनको दावी छ ।





