मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

बाख्रापालकलाई महानगरको अनुदान

बाख्रापालकलाई महानगरको अनुदान


  • ढोरपाटन सम्वाददाता
  • साउन ८ २०७८, शुक्रबार

पोखरा, ८ साउन– पोखरा महानगरपालिकाले बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ । महानगर पशु सेवा शाखाले पोखरा १६ र २० का किसानलाई लागत साझेदारीमा बाख्रा प्रर्बद्धन कार्यक्रमअन्तर्गत बाख्रा खरिदमा २० हजारका दरले अनुदान वितरण गरेको हो ।
पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङ, पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य र पोखरा २० का अध्यक्ष सिम गुरुङले किसानलाई बिहीबार अनुदान वितरण गरे । महानगरले १० लाख रुपैसहित १ लाख मूल्य बराबरका दुई ब्याडे बोकासमेत दुई वडालाई दिइएको महानगर पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->