बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

१० किलो गाँजासहित कास्कीका दुई युवा पक्राउ

१० किलो गाँजासहित कास्कीका दुई युवा पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन ८ २०७८, शुक्रबार

तनहुँ, ८ साउन– तनहुँबाट ठुलो परिणामको प्रतिबन्धित गाँजासहित दुई युवा प्रकाउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–७ घर भई मुग्लिन बस्ने २५ बर्षीय मिलन परियार र पोखरा महानगरपालिका–३२ लेखनाथ बस्ने २८ बर्षीय सुमन परियार रहेका छन् ।
यी दुईको साथबाट तनहुँ प्रहरीले १० किलो २ सय २० ग्राम गाँजा बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए । आँबुखैरेनीको पुलजिपबाट प्रकाउ गरिएको उनले बताए । मुग्लिनबाट पोखरातर्फ आउदै गरेको ग १६ प ८२६८ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा ठुलो परिणाममा गाँजा फेला पारेको हो । पक्राउ परेका विरुद्ध कारबाही प्रकृया अगाडी बढाईएको छ । थप अनुसन्धान पनि भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->