बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

छिनछिनमै लोडसेडिङ, दिक्क उपभोक्ता

छिनछिनमै लोडसेडिङ, दिक्क उपभोक्ता


  • विनोद ढुंगाना
  • साउन ११ २०७८, सोमबार

तनहुँ, ११ साउन– अघोषित रुपमा हुने लोडसेडिङका कारण तनहुँका उपभोक्ता आजित बन्दै गएका छन् । बिना सुचना प्राधिकरणले पटक–पटक विद्युत कटौती गर्दा अनलाईन कक्षा पढ्ने विद्यार्थी र उद्योगी व्यवसायी मर्कामा छन् । लामो समयदेखी दैनिक विद्युत जाने आउने समस्या भईरहेको उपभोक्ताको गुनासो छ ।
‘लाइन कति बेला जान्छ । कति बेला आउँछ पत्तो हुदैन्’, शुक्लागण्डकी नगरपालिका–३ की समुन्द्र कार्की भन्छिन्, ‘यतिबेला बावुनानीको अनलाईन क्लास चलेको छ । बेला बेला लाईन जादा पढ्न समस्या भएको छ ।’ कहिलेकाहीँ दिनमा १० औँ पटकसम्म पनि लाईने जाने गरेको कार्कीले जानकारी दिईन् । उनका अनुसार विहान दिउँसो बेलुका जुनसुकै बेला पनि लाईन जाने समस्या छ ।
विद्युत जाने समस्याले अनलाईन कक्षा चलाउनै समस्या हुने गरेको ज्ञान बगैँचा बोर्डिङ स्कुल बेलचौताराका प्रधानध्यापक सुरेश पौडेलले बताए । ‘क्लास सुरु भयो लाईन जान्छ, फेरी आउँछ । हैरान बनाउँछ । यो समस्याले प्लानिङ अनुसार पढाउन सकिदैन् । अस्तव्यस्त हुन्छ तालिका’, प्रधानध्यापक पौडेलले भने ।
लोडसेडिङ धेरै हुन थालेपछि विद्यालयले इन्भटर खरिद गरेको छ । विद्यालयले इन्भटर व्यवस्था गरेर कक्षा चलाउँदा विद्यार्थी भने लाइन गएको बेला एक दुई जना मात्रै सहभागी हुने गरेको पौडेलले जानकारी दिए । बिना जानकारी विद्युत कटौती गर्नुको सट्टा घोषित रुपमै लोडसेडिङ गर्दा सहज हुने उनको भनाई छ । ‘लोडसेडिङको तालिका भए त्यही अनुसार अनलाईन कक्षाको तालिका बनाएर पढाइन्थो’, उनले भने ।
दैनिक विद्युत अनियमित हुदाँ उद्योग सञ्चालक पनि मारमा परेको शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष हरीकुमार श्रेष्ठ बताउँछन् । केही उद्योग धरासायी बन्ने अवस्था सिर्जना भएको उनले जनाए । पटक–पटक समस्या समाधानका लागी प्राधिकरणको ध्यानार्कषण गराएपनि समस्या नहटेको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘अब छिट्टै समस्या समाधान हुदैछ भन्ने जवाफ आउँछ । समस्या उस्तै रहन्छ’, श्रेष्ठले भने ।
विद्युत अनियमितता हुन थालेपछि कतिपयले बिग्रेर थन्काएका इन्भटर ब्याट्री मर्मत गरेर पुन प्रयोगमा ल्याउन थालेका छन् । तनहुँमा बेलचौतरा शवस्टेसनबाट विद्युत वितरण हुने शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका विभिन्न भुभागका उपभोक्ताले अघोषित लोडसेडिङको सास्ती खेप्नु परेको हो ।
फिडरमा समस्या देखिएकाले लाईन काटिने समस्या भईरहेको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका प्रमुख परितोष चौधरीले बताए । ‘माग नधानेर विद्युत काटिएको हैन् । फिडरमा प्राविधिक समस्या देखिएर हो । समस्या समाधानको प्रयासमा छौँ’, उनले भने ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->